काठमाडौँ, ५ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा २ सयले बढेर प्रतितोलामा ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै १३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।