निक्षेप र कर्जामा एनआइसी एसिया आक्रामक

काठमाडौँ, ३ बैशाख । बाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानीमा एनआइसी एसिया बैंक अगाडी देखिएको छ । 

बैंकले चैत मसान्तसम्म २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो बढी निक्षेप ग्लोबल आईएमई बैंकले संकलन गरेको छ । चैत मसान्तसम्म ग्लोबल आईएमई​ बैंकको निक्षेप संकलन २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । फागुनमा ३८ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले एक महिनामा १ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । 

यता कर्जा लगानी पनि १ खर्ब ६१ अर्ब ९९ करोड एक महिनामै गएको छ । कर्जा प्रवाहमा पनि एनआइसी एसिया नै अगाडी देखिएको छ । चैत मसान्त सम्म एनआइसी एसियाले  २ खर्ब ५९ अर्ब ९९ करोड लगानी विस्तार गरेको छ । एनआइसीले एक महिनामा ७ अर्ब ४७ करोड लगानी विस्तार गरेको छ । 

२७ वटा बाणिज्य बैंकहरुले चैत मसान्तसम्म  ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021