सेयर बजारले बनायो नयाँ रेकर्ड

काठमाडौँ, ३१ चैत । आज सेयर बजारको परिसूचक नेप्सेले २७ सय अंक पार गरेर नयाँ रेकर्ड बनाएको छ ।

आज २३ अंकले बजार बढेर २७१४ अंकमा कायम भएको छ । जुन अंक हालसम्मकै उच्च हो । कारोबार रकममा पनि सुधार आएको छ । ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

समूहगत रुपमा हेर्दा बैंकिङ ४२, ब्यापार ६९, विकास बैंक ९५, जलविद्युत ३१ र फाइनान्स समूह ३ अंकले बढे । होटल तथा पर्यटन ६५, निर्जीवन बीमा ८८, उत्पादन २१, अन्य ७ माइक्रोफाइनान्स १४ र जीवन बीमा समूह ५१ अंकले घटेका छन् । ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । 

एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ । 

ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ । कारोबारका आधारमा यस दिन नबिल बैंक अग्रस्थानमा रह्यो । सो बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १३४८ बाट बढेर १३८० रुपैयाँ पुगेको छ । नेपाल बैंकको २८ करोड बराबरको कारोबार हुँदा मूल्य ४४३ बाट बढेर ४५९ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।