काठमाडौँ, ३० चैत । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचनामार्फत आज उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ । त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ ।
यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ ।





