नेप्से परिसूचक सामान्य वृद्धि

काठमाडौँ, २६ चैत । आज बिहीबार सेयर बजार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।

आज २.७४ अंक (शून्य दशमलव १० प्रतिशत)ले वृद्धि भएको हो । बिहीबार नेप्से परिसूचक २ हजार ६ सय ७४ दशमलव ३५ अंकमा पुगेर रोकिएको छ । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा केही घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ माथिको कारोबार भएकोमा बिहीबार ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको मात्रै भएको छ ।

बिहीबार बैंक, होटेल र पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहका लगानीकर्ताले कमाएका छन् । व्यापार, जलविद्युत, निर्जीवन बीमा, निर्माण तथा उत्पादन, अन्य र लगानी समूहका लगानीकर्ताले भने गुमाए । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत आज घटेको छ । बिहीबार कुल २ सय ७ कम्पनीको ७१ हजार २ सय ४१ कारोबार भएको छ । आज कुल १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार ६ वटा कम्पनीको पोजेटिभ सर्किट लेवलमा कारोबार भएको छ । आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, ग्रीनलाइफ हाइड्रोपावर, ज्योती लाइफ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । युनिभर्सल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एआईसी एसिया ग्रोथ फण्डलगायत कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।