प्रम ओलीद्वारा आगलागी नियन्त्रण गर्न हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न निर्देशन

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलेआगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न निर्देशन दिएका छन । 

आज बालुवाटारमा सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताए । उनले भने, ‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुृउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ ।’

यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए । आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताउदै भने, ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत

वासिङ्टन, ५ जेठ । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ जुन उनको हड्डीसम्म फैलिएको छ ।

काठमाडौँ, ४ जेठ । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।

काठमाडौँ, ४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन