नेप्से आज पनि बढ्यो

काठमाडौँ, २४ चैत । आज मंगलबार पनि सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।

आज मंगलबार नेप्से १६७४.४७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, म्यूचअल फण्ड र लगानी समूहका लगानीकर्ताहरुले कमाएका छन् । मंगलबार बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका लगानीकर्ताले भने गुमाएका छन् ।

आज चार वटा कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार रकम समेत सोमबारकै हाराहारीमा भएको छ । आइतबार ९ अर्ब भन्दा माथिको कारोबार भएकोमा सोमबार कारोबार ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको थियो । मंगलबार कोरोबार रकम समेत वृद्धि भई ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको भएको छ । मंगलबार कुल २१३ कम्पनीको कारोबार भएको छ । यस दिन ८१ हजार ७ सय ५३ कारोबार अंकबाट १ करोड ६१ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार चिलिमे हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ती कम्पनीबाहेक थप १० कम्पनीको मूल्य समेत सर्किट लेवलमा पुगेको छ । मंगलबार बीमा कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । साल्ट ट्रेडिङ, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, युनाइटेड फाइनान्स र जनरल इन्स्योरेन्स बढी गुमाउने कम्पनीमा परेका छन् ।

मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चिलिमे हाइड्रोपावर, माथिल्लो तामाकोशी, हिमालयन डिष्ट्रिलर र हिमालयन जनरल इन्स्योरेन्सको सेयर बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

काठमाडौँ, ३० बैशाख । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् । आज प्रतिनिधिसभामा विशेष