आखेटोपहारको छालासहित तीनजना पक्राउ

काठमाडौँ, २३ चैत । संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार)सहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालिका ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा.वि.स. ८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन

काठमाडौँ, २ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, २ असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

काठमाडौँ, २ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।