ग्लोबल आइएमईको डिबेन्चर ‘ओभर सब्स्क्राइब’

काठमाडौँ, २३ चैत । ग्लोबल आइएमई बैङ्क लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ । बैङ्कले गत चैत्र १ गते ग्लोबल आइएमई बैङ्क डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो ।

बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो ।

बैङ्कद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार