काठमाडौँ, २३ चैत । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोलामा ८७ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनी ५ रुपैयाँले घटेर प्रतितोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।