उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

काठमाडौँ, २३ चैत । निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।

बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । दुवै दिदीबहिनीबीच बाबुआमालाई आफूले पालनपोषण गरेको उल्लेख गर्दै अपुतालीबाट प्राप्त भएको सम्पत्ति आफूले मात्र पाउनुपर्ने भन्दै विवाद भएको थियो ।

अपुतालीमा विवाद भएपछि मनोरमाले अपुतालीमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालतले पनि अपुतालीबाट प्राप्त भएको सम्पत्ति ती दुई मात्र नभइ तीनै जना दिदीबहिनीले पाउने भन्ने फैसला गरेको थियो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतबाट भएकै फैसलालाई सदर गरी तीनैजना दिदीबहिनीले अपुतालीको सम्पत्ति पाउने भनी फैसला गरिदियो ।

सर्वाेच्चले डढे वर्षअघि सो फैसला गरेको भएतापनि फैसलाको पूर्ण पाठ केही दिनअघि मात्र सार्वजनिक भएको छ । सर्वोच्चको फैसलामा उल्लेख छ– ‘कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी–प्रतिवादीमध्ये यसैले नै पालनपोषण, स्याहारसुसार र औषधोपचार गरेको हो भन्ने पुष्टि नभए त्यस्तो अवस्थामा उनीहरूको पालनपोषण र स्याहारसुसारमा वादी–प्रतिवादी सबैको नै भूमिका रहको भनी बाझ्नुपर्ने हुन्छ ।’ यो समाचार आजकोनेपाल समाचारपत्र दैनिकमा छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्