नेप्से झण्डै २६ अङ्कले बढ्यो

 काठमाडौँ, २२ चैत । आज शेयर बजार परिसूचक नेप्से २५ दशमलव ७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से बढेको हो । बैंकिङ समूहको शेयर साढे १४ अङ्कले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको एक सय ५४, निर्जीवन बीमा समूहको पाँच सय ४३ र अन्य समूहको शेयर ३९ अङ्कले बढेको छ ।

आज दुई सय १२ कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज ओमी फाइनान्स र जनरल इन्स्योरेन्ससहित सात कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि साल्ट ट्रेडिङ कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप