नेपालको कूल गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने

काठमाडौँ, १८ चैत । विश्व बैंकले आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.७  प्रतिशतले वृद्धि हुने प्रक्षेपण  गरेको छ ।  विश्व बैंकले सन् २०२३ मा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले  पुनर्उत्थान हुने पनि जनाएको छ ।

विश्व बैंकले दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने आंकलन गरेको छ । बैंकले  बुधबार विज्ञप्ती जारी गर्दै नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । जीडीपीको आकार बृद्घि हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको विश्व बैंकले उल्लेख गरेकोछ ।

विश्व बैंकले  दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारण भएको जनाएको छ । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।