तीन अंक घट्यो नेप्से

काठमाडौँ, २६ फागुन । आज सेयर बजार ३ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २४५८ अंकमा कायम भएको छ ।

आज कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ १०, विकास बैंक १०, निर्जीवन बीमा १२७, माइक्रोफाइनान्स ४० र जीवन बीमा समूह १२८ अंकले घट्यो ।  त्यस्तै ब्यापार २९६, होटल तथा पर्यटन ५१, जलविद्युत र फाइनान्स ४–४, उत्पादन ९५ र अन्य समूह ३८ अंकले बढे । 

यस दिन पनि चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ। सेयर बजार घटे पनि बढे पनि चन्द्रागिरि हिल्सको मूल्य दैनिक १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ८०४ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य कतिसम्म जाला भन्ने कौतुहलता लगानीकर्तामा बढेको छ। बजार बन्द हुने बेलासम्म ७ लाख कित्ता सेयर खरिदका लागि अर्डर देखिन्थ्यो भने बिक्रीमा कोही थिएनन् । कम्पनीको मूल्य अझै केही दिन बढ्ने संकेत देखिएको छ । 

घलेम्दी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्सको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढ्यो । यस दिन रैराङ हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४.६ प्रतिशतले घटेको छ। त्यस्तै मिथिला लघुवित्तको मूल्य ४.१५ प्रतिशतले घटेको छ । कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो । सो कम्पनीको ५५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा निफ्रा दोस्रो स्थानमा रह्यो। सो कम्पनीको २० करोड बराबरको कारोबार भयो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021