नेप्से २३ अङ्कले घट्यो

काठमाडौँ, २५ फागुन । शेयर बजार परिसूचक नेप्से आज २३ अङ्कले घटेको छ ।

होटल, जलविद्युत् र म्युचल फण्डबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २३ दशमलव २२ अङ्कले घटेर २४ सय ६१ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर झण्डै २२ अङ्कले, व्यापारको ५० अङ्कले, फाइनान्सको साढे चार, निर्जीवन बीमाको एक सय १४, उत्पादनको ८९, अन्यको २०, माइक्रो फाइनान्सको ४७ र जीवन बीमा समूहको शेयर दुई सय एक अङ्कले घटेको छ ।

आज कारोबार रकम पाँच अर्ब रुपैयाँमा भन्दा कममा सीमित भयो । दुई सय १० कम्पनीका एक करोड २४ लाख ८२ हजार कित्ता शेयर चार अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सर्पोट माइक्रो फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा घटेको छ । समग्र बजार घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटेड फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरै बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021