चल्लाको मूल्य बढ्यो

काठमाडौँ, २५ फागुन । उत्पादन घटेसँगै कुखुराका चल्लाको मूल्य ३६ प्रतिशतले बढेको छ । प्यारेन्ट चल्ला (माउ कुखुराका चल्ला) को अभावका कारण चल्ला उत्पादन घट्न पुगेको हो । लामो समयसम्म भएको बन्दाबन्दीका कारण ह्याचरी व्यवसायीले प्यारेन्ट चल्ला आयात गर्न नसक्दा अभाव भएको बताइएको छ ।

ह्याचरी उद्योग संघले दिएको जानकारी अनुसार करीब १ महीना अघिसम्म प्रतिचल्ला ७० रुपैयाँ पर्ने ब्रोइलर चल्लाको मूल्यमा करीब ३६ प्रतिशतले वृद्धि हुँदै आजभोलि ९५ रुपैयाँसम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेयर्स चल्लाको मूल्यमा पनि २२ प्रतिशतले वृद्धि हुँदै १ सय ७० रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष टीकाराम पोखरेलले नेपालमा प्रतिहप्ता ४२ देखि ४५ लाख चल्लाको माग भए पनि प्यारेन्टको अभावका कारण यतिबेला प्रतिहप्ता २८ लाख चल्लाको मात्र उत्पादन भइरहेको आर्थिक अभियान दैनिकलाई बताए । बजारमा चल्लाको माग अत्यधिक भए पनि उत्पादन गर्न नसकिएकाले माग पूरा गर्न निकै गाह्रो भएको उनले जानकारी दिए । ‘बन्दाबन्दीका समयमा चल्ला विक्री नहुँदा गाड्नुपर्ने स्थिति आयो अब अहिले माग धान्नै गाह्रो छ,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021