परिसूचक नेप्से २१.५८ अंकले घट्यो

काठमाडौँ, २३ फागुन । आज सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने होटेल र टुरिजम तथा जलविद्युत समूहबाट अरु सबै सवइन्डेक्स ओरालो लागेपछि अन्ततः बजार घटेको हो ।

होटेल र टूरिजमको वृद्धिमा आज चन्द्रागिरी हिल्सको योगदान रहृयो । यो कम्पनीको सेयर मूल्यमा भने ९.९२ प्रतिशतको वृद्धि देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटी २४८५ विन्दुमा आएको छ । यो ०.८६ प्रतिशतको गिरावट हो ।

आइतबार कुल कारोबार ५ अर्ब १० लाख रुपैयाँको मात्र भयो । पछिल्ला दिनमा कुल कारोबार रकममा भारी गिरावट देखिएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबारको तुलनामा आज करवि १ अर्ब रुपैयाँले कारोबार रकम घटेको छ ।

आज २ सय ११ कम्पनीको शेयर ५३ हजार ९ सय ७० पटक कारोबार भएको छ । बिहीबार ९० अंकले बढेको बजार आइतबार भने सम्हालिन सकेन । आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ता रहे । आज चन्द्रागिरी, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर विकास कम्पनी, एक्सल विकास बैंक र नेपाल इन्स्योरेन्स बढी कमाउने कम्पनीमा रहे ।

नेसनल हाइड्रोपावर कम्पनी, साल्ट टे्रडिङ कर्पोरेसन, बोटलर्स नेपाल, किसान लघुवित्त वित्तीय संस्था बढी गुमाउने कम्पनीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021