नेप्से परिसूचक ९० अंकले बढ्यो

काठमाडौँ, २० फागुन । आज सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सिमित भएको छ । बुधबारको तुलनामा २५ करोड रुपैयाँ भन्दा धेरैले सेयर कारोबार रकम घटेको छ । दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ । केहि दिन यता बजार घट्दा समेत बढ्दै आएको व्यापार समूहको सबइन्डेक्स बिहीबार पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ । यो नै बिहीबारको सबैभन्दा धेरै बढ्ने समूह हो । त्यसपछि अन्य समूहमा रहेका कम्पनीहरुको सबइन्डेक्स ५ दशमलव ४४ प्रतिशतले, लगानी समूह ५ दशमव २६ प्रतिशतले र लघुवित्त समूहको सबइन्डेक्स ५ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ । जलविद्युत समूह ४ दशमलव ७८ प्रतिशतले उकालो लाग्दा जीवन बिमा ३.५, बैंकिङ २.९६, होटल तथा पर्यटन २.९९, विकास बैंक २.४७ र फाइनान्स २.७८ प्रतिशतले बढेको छ ।

धेरै कमाउनेमा बिहीबार पनि चन्दांगिरी हिल्स कम्पनीकै लगानीकर्ताहरु देखिएका छन् । केहि दिन यता यस कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । बिहीबार १० प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर चन्द्रागिरीको सेयर मूल्य ६ सय ५ रुपैयाँ पुगेको छ । दोस्रोमा लिबर्टी इनर्जी र तेस्रोमा सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको नेप्सेले जनाएको छ ।

बिहीबार धेरै घट्ने सूचीको शिर्ष स्थानमा म्युचुअल फण्ड तथा डिबेञ्चर देखिएका छन् । पहिलो नम्बरमा देखिएको एनएमबी–५० को मूल्य ३.४५ प्रतिशतले घटेर १२ रुपैयाँ ३१ पैसामा झरेको छ । दोस्रोमा आईसीएफसी फाइनान्स डिबेञ्चरको मूल्य १.७६ प्रतिशतले घटेर १ हजार १ सय ७१ रुपैयाँमा झरेको छ भने तेस्रोमा ग्लोबल आइएमई समुन्नत–१ को मूल्य १.४८ प्रतिशतले घटेर १४ रुपैयाँ ६६ पैसामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021