परिसूचक नेप्से ३९ अंकले घट्यो

काठमाडौँ, १९ फागुन । आज सेयर बजारको परिसूचक नेप्से ३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २४१६ अंकमा कायम भएको छ ।

६ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार र होटल तथा पर्यटन समूह बढे भने अरु सबै समूह घटेका छन्। ब्यापार ३०६ र होटल तथा पर्यटन समूह ३५ अंकले बढेका छन् । बैंकिङ १७, विकास बैंक ३२, जलविद्युत २०, फाइनान्स १२, निर्जीवन बीमा १६७, उत्पादन ८७, अन्य ८४, माइक्रोफाइनान्स ५६, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेका छन् । 

समग्र बजार घटे पनि चन्द्रागिरि हिल्सको मूल्य भने दिनदिनै बढिरहेको छ। कम्पनीको मूल्य आज पनि १० प्रतिशतले बढेर ५५० रुपैयाँ कायम भएको छ। हालै बजारमा सूचीकृत भएको यो कम्पनीको अझै पनि सेयर खरिदका लागि चाप परेको छ, भने बिक्री गर्नेहरु न्यून छन् । चन्द्रागिरिका अलवा साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ। सो वृद्धिपछि प्रतिसेयर मूल्य १० हजार २२२ रुपैयाँ कायम भएको छ। हिमालय पावर पार्टनरको मूल्य ८ प्रतिशतले बढेको छ । 

एसियन लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.३ प्रतिशतले घट्यो। त्यस्तै बरुण हाइड्रोको ६ र टेलिकमको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको २९ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो। एसियन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर कारोबार भयो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021