नेप्से परिसूचक ५९ अंकले घट्यो

काठमाडौँ, १८ फागुन । आज मंगलबार सेयर बजार घटेर राताम्मे देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५९ दशमलव ७० अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८० अंकले ओरालो लागेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा सिमित भयो । आज नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २७८ दशमलव ४९ अंकले बढेको छ ।

अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ० दशमलवग ८ प्रतिशत अर्थात १६ दशमलव ८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन्य सबै समूह घट्दा समग्रमा बजार घटेको छ । बैंकिङ समूहको सबइन्डेक्स २.५० अंकले घटेको छ भने विकास बैंक २.३३ र जलविद्युत २.०८ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021