काठमाडौँ, १७ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





