लक्ष्मी बैङ्क र माछापुच्छ्रे बैङ्कले माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौँ, १२ फागुन । माबिलुङ्ग इनर्जी अन्तर्गतको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लक्ष्मी बैङ्क र माछापुच्छ्रे बैङ्कले लगानी गर्ने भएका छन् ।

२ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी फागुन १० गते कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । माबिलुङ्ग इनर्जीले संखुवासभाको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैङ्कको अगुवाइमा माछापुच्छ्रे बैङ्क समेतले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी सम्झौता भएको छ ।

उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रहेको छ । जसमा लक्ष्मी बैङ्कले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैङ्कले २५ करोड ६० लाख लगानी गर्ने भएका हुन् । माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको छ । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट साउन ९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । माबिलुङ्ग इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स

कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेक कम्पनीका अध्यक्ष राजेश लाल श्रेष्ठले बताए ।

बैङ्कहरुले आयोजना लागतको ७० प्रतिशत (६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहने बताइएको छ । उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झन्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।