नेप्से ३२ अङ्कले घट्यो

काठमाडौँ, १० फागुन । शेयर बजार परिसूचक नेप्से झण्डै ३३ अङ्कले घटेको छ । 

आज नेप्से ३२ दशमलव ६७ अङ्कले घटेर २६ सय सात दशमलव ६७ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, व्यापारको झण्डै ९३ अङ्कले, होटलको २१ अङ्कले, विकास बैंकको ६५, माइक्रो फाइनान्सको ५७, फाइनान्सको १३, निर्जीवन बीमाको एक सय आठ र जीवन बीमा समूहको शेयर तीन सय ५१ अङ्कले घटेको छ ।

आज दुई सय सात कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर आठ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड २४ लाख र निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । ​

निफ्राको शेयरमा सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । सोमबार आखु खोला जलविद्युत् र निफ्राका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021