नेप्से परिसूचक झिनो अंकले वृद्धि

काठमाडौँ, ९ फागुन । आज सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य धेरै बढेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । व्यापार, विकास बैंक, होटल लगायतका समूहहरु बढेर हरियो देखिएका छन् भने बैंकिङ, जीवन बिमा, निर्जिबन बिमा र लघुवित्त लगातयका समूहहरु भने घटेर राताम्मे देखिएका छन् । अघिल्लो साता चमक देखिएको बैंकिङ समूह आइतबार ७.१३ अंकले घटेको छ ।

सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको हो । कारोबार रकम भने ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा माथि भएको छ । दिनभर भएका ९३ हजार ३९ कारोबारबाट २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ पुगेको छ । अघिल्लो आइतबारदेखि दोस्रो बजारमा कारोबार हुन थालेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य बढ्ने क्रम यो आइतबार पनि जारी नै रहेको छ । सूचीकृत भएसँगै लगातार बढिरहेको निफ्राको सेयर मूल्य आज पनि बढेर ६ सयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021