काठमाडौँ, ९ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८ सयले बढेर ८९ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





