मौज्दात सकिने डरले खुद्रा चिनी बेच्दै साल्ट ट्रेडिङ

काठमाडौँ, ९ फागुन । मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी खरीदका लागि सरकारले अनुमति दिन ढिलाइ गरिरहेकाले मौज्दात शून्यमा झर्न नदिन साल्टले यस्तो गर्नु परेको बताइएको छ । साल्टसँग यतिबेला करीब ५ सय मेट्रिक टन मात्रै चिनी मौज्दात रहेको छ । ‘यो चिनी पनि नबेचेर मात्र बचेको हो बेचेको भए आजसम्म सकिसकेको हुन्थ्यो,’ साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकसँग भने । डिलरहरूले माग गरेअनुसार विक्री गर्ने हो भने यो मौज्दातले १ दिनलाई पनि नपुग्ने उनको भनाइ छ । यस्तो समस्या यस बर्षको मात्र नभएर वर्षौं देखिको समस्या भएको पनि उनले बताए ।

ठूला व्यापारी र निजी कम्पनीहरूले साल्टलाई स्वदेशी चिनी दिन नचाहने भएकाले पनि साल्टले क्रशिङको समयमा चिनीको अभाव भोग्नु परेको बताइएको छ । यति बेला उखु क्रशिङको समय हो । क्रशिङको सिजनमा पनि सरकारी कम्पीनसँग चिनी नहुनुले मूल्य वृद्धि गर्न र बजारमा चलखेल गर्न व्यापारीहरूलाई सजिलो भइरहेको सरोकारवालाहरूको भनाइ छ ।

साल्टले दशैंअघि नै ३० हजार मेट्रिक टन चिनी किन्न अनुमति माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, साल्टले हालसम्म पनि चिनी किन्ने अनुमति पाउन सकेको छैन । यसको प्रत्यक्ष लाभ व्यापारीहरूले उठाइरहेको साल्टको भनाइ छ । व्यापारीहरूले यति बेला प्रतिकिलो चिनीको खुद्रा मूल्य ८५ देखि ९० रुपैयाँसम्म लिने गरेका छन् । ‘खुद्रा मूल्य त प्रतिकिलो ८५ रुपैयाँ नै हो तर सानातिना व्यापारीहरूले ९० रुपैयाँ सम्मले पनि बेच्ने गरेका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उनका अनुसार अहिले क्रशिङको सिजन भएकाले मूल्य केही घट्नुपर्ने हो । मूल्य नघट्नुको कारण सरकारी कम्पनीसँग चिनी नहुनु पनि भएको उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने