भत्ताले एकल पुरुषको जीवन सहज

काठमाडौँ, ८ फागुन । ललितपुरको  बागमती  गाउँपालिका–४  स्थित  प्युटारका  एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले  दैनिकी  चलाउन  सहज  भएको  छ  ।  

६३  वर्षीय  एकल  पुरुष  घलेको  अन्य   कुनै   आम्दानीको   स्रोत   नहुँदा   गाउँपालिकाले   प्रदान   गरेको   मासिक   एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् ।  “दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ”, घलेले भन्नुभयो  । घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी  विवाह  गरी  अन्यत्रै  गएपछि  हाल  सम्पर्कमा  नभएको  र  छोरोसमेत  पत्ता  नलागेको उनले बताए । 

घलेजस्तै गाउँपालिका–३  स्थित  भट्टेडाँडाका  अर्का  एकल  पुरुष  हरिबहादुर  सिञ्जालीले  पनि  गाउँपालिकाले  प्रदान  गरेको  एकल  पुरुष  भत्ताले  राहत  पाएको  महसुस  गर्नुभएको  छ । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए । 

“गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ”, उनले भने, “हामीजस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021