पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न निगमद्वारा कडाइ

काठमाडौँ, ८ फागुन । भारततर्फ पेट्रोल, डिजेलको चोरी निकासीका घटना बढ्न थालेपछि नेपाल आयल निगमले अनुगमनमा कडाइ गरेको छ ।

निगमले चोरी निकासी रोक्नका लागि आफ्ना प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रहरीसँग समन्वय गरेर अनुगमन तथा रेखदेखमा कडाइ गर्न शुक्रबार निर्देशन पठाएको छ । नेपाल र भारतको सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढिरहेको निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपियाँ र डिजेल प्रतिलिटर ४१ रुपियाँले नेपालतर्फ सस्तो रहेकाले नेपालबाट सस्तोमा किनेर भारततर्फ महागोमा बेच्नका लागि चोरी निकासी बढेको हो ।

फागुन २ गते नेपालबाट डिजेल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्याङ्कर र संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरस्थित जय श्वेता आयल ट्रेडर्सबाट अवैध रूपमा डिजेल भारततर्फ निकासी गर्ने क्रममा ना. ७ ख १५११ नम्बरको ट्याङ्करका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वि.सं.२०७८ साल साउन ०९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

धादिङ, ८ साउन । धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक जना मृत्यु भएको छ । यद्यपि उनको

काठमाडौँ, ८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा

काठमाडौँ, ८ साउन । थप २ हजार ९ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख