ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट किन्दा आकर्षक छुट पाउने

काठमाडौँ, ७ फागुन । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ  । 

समझदारी पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता सिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट-क्रेडिट प्रिभिलेज कार्डबाहेक ग्राहकले अनलाइन बुकिङमार्फत् कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

ग्लोबल आइएमई बैंकले ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० साउन । मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाएका युवकको पहिचान खुलेको छ । मृतक प्यूठान जिल्लाको सरुमा रानी गाउँपालिका

धादिङ, १० साउन । १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८

काठमाडौँ, १० साउन । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख

काठमाडौँ, १० साउन । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । सिरहा जिल्लाको लहान नगरपालिका–२३ तिलबोना गाउँका