प्रभु बैंकले भानुभक्त मावि सिन्धुलीलाई कम्प्युटर उपलब्ध गरायो

काठमाडौँ, ७ फागुन । प्रभु बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।

भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेकपाका नेताद्वय शशि श्रेष्ठ र लीलामणि पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । प्रभु बैंक लि. द्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आप्mनो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021