नेप्से परिसूचक २५ अंकले बढ्यो

काठमाडौँ, ६ फागुन । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा र लघुवित्तहरुको सबइन्डेक्स भने घटेर राताम्मे देखिएका छन् ।

कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । सबैभन्दा धेरै बिहीबार व्यापार समूहको सबइन्डेक्स बढेको छ । यो समूहको सबइन्डेक्स २.४५ प्रतिशतले बढेको छ भने विकास बैंक २.३३ अंकले बढेको छ ।

बैंकिङ सबइन्डेक्स पनि १.२२ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूहको सबइन्डेक्स भने ०.३८ प्रतिशतले घटेको छ भने जीवन बिमाको ०.६२ प्रतिशतले घटेको छ । लघुवित्त समूह पनि ०.५९ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021