नेप्से परिसूचक करिब १० अंकले बढ्यो

काठमाडौँ, ५ फागुन । आज सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।

आज व्यापार समूहको सवइन्डेक्स २.०२ प्रतिशतले वृद्धि भएको छ । यसका अलवा अन्य समूहमा रहेका कम्पनीहरु र म्युचुअल फण्डको समेत सवइन्डेक्स उकालो लागेको छ । होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने घटेको छ । कारोबार रकमका आधारमा बुधबार नेपाल इन्फ्रास्ट्रचर बैंक पहिलो नम्बरमा देखिएको छ । यसको ६९ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

नविल, ग्लोबल आइएमई र नेपाल बैंक कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा छन् । तीन वटै बैंक मध्ये नविलको कारोबार रकम ४१ करोड रुपैयाँ माथि छ भने ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ८ अर्ब रुपैयाँमै रोकिएको छ । मंगलबार १० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार त्यो घटेर ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021