अब नेपाल टेलिकमको ‘एनटी च्याटबोट’ सेवा

काठमाडौँ, ४ फागुन । नेपाल टेलिकमले एनटी च्याटबोट सेवा सुरु गरेको छ । अब टेलिकमका सेवाहरु तथा सेवा प्रदान गर्ने विधिबारे कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित जानकारी पाउन सकिन्छ ।

कम्पनीको वेबसाइट खोल्नेबित्तिकै सुरुको पेजमै एनटी च्याटबोटको सानो स्क्रिन देखापर्छ। त्यहाँ ‘निड हेल्प? वेलकम टु एनटी च्याटबोट’ लेखिएको हुन्छ । यसमा कम्पनीका विभिन्न सेवाबारे जानकारी लिन उपलब्ध विकल्पको छनौट गर्नुपर्छ। नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटिटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिबारे जानकारी पाउन सकिन्छ। त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो समेत गर्न सकिन्छ ।

सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने बताइएको छ । थप जानकारी लिन एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, कम्युनिटी, इन्स्टाग्राम  प्रयोग गर्न सक्छन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी पाउन सक्छन् ।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त सेवा सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६