काठमाडौँ, २ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सयले घटेर ९० हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





