नेप्से परिसूचक १६ अंकले घट्यो

काठमाडौँ, २९ माघ । आज सेयर बजार दोहोरो अंकले घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ११ अंकले घटेर २ हजार ५ सय २६ दशमलव ९२ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६६ अंकले ओरालो लागेको छ । कारोबार रकम करिब साढे ८ अर्ब पुगेको छ । दिनभर भएका ७२ हजार ७ सय ३७ कारोबारबाट २ सय ६ कम्पनीका १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार रुपैयाँ नाघेको छ । बैंकहरुको सेयरमा भने लगानीकर्ताहरुको आकर्षण कायमै देखिएको छ । धेरै कमर्सीयल बैंक र विकास बैंकको सेयर मूल्इ धेरै बढेको छ । समग्रमा बजार घट्दा पनि सेयर बजारमा कारोबार हुने १३ समूहहरु मध्ये बैंकिङ, विकास र म्चुअल फण्ड समूहको सबइन्डेक्स भने बढेको छ ।

आज धेरै कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ता देखिएका छन् । चन्द्रागिरीको ५.०३ प्रतिशत भन्दाधेरैले सेयर मूल्य बढेको छ । लुम्बिनी विकास बैंकको सेयर मूल्य ४ अंकले बढेको छ भने ज्योति विकास बैंक ३.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।