ग्लोबल आईएमईको थप नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, २८ माघ । ग्लोबल आइएमई बैंकले सिराहाको सुखीपुर नगरपालिका ८, सुखीपुर  बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले थप नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६९ शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज