नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ, १९ माघ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय  माथि पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अंक भन्दा धेरैले बजारमा पहिरो जादा पनि आइतबार ९ अर्ब नजिक कारोबार रकम पुगेको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा होटल समूहका लगानीकर्ताहरु देखिएका छन् । होटल समूहको सबइन्डेक्स करिब ८.७६ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त समूह भने घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा लघुवित्त समूहका लगानीकर्ताहरु नै देखिएका छन् ।

उता आज धेरै बढ्नेकाे पहिलो नम्बरमा प्रोगेसिभ फाइनान्स र दोस्रो नम्बरमा सेञ्चुरी कमर्सीयल बैंक पनि देखिएको छ । नविल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाका कारण सेञ्चुरीको आज सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।