सेयर बजारमा ५० अंकको वृद्धि

काठमाडौँ, ११ माघ । सेयर बजार परिसूचक नेप्से ५० अंकले बढेको छ । आइतबार ५०.२१ अंकले वृद्धि भइ २ हजार ४ सय २४ दशमलव ८४ अंकमा पुगको हो । यो दिन कुल ९ अर्ब ३७ करोडको कारोबार भएको थियो । 

यो दिन टेलिकम रहेको अन्य समूह ५.६९ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र हाइड्रोपावर समूह पनि २ प्रतिशत भन्दा माथि वृद्धि देखिएको छ । व्यापारमूलकबाहेक अरु सबै समूहको मूल्यमा वृद्धि देखिएको छ । आइतबार एकैदिन बजार पुँजीकरणमा ६८ अर्बको वृद्धि हुँदा नेपाल टेलिकमको पुँजीकरण मात्रै ८ अर्बले बढेर २ खर्ब रुपैयाँ नाघेको छ । आइतबार पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने अरु ११ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा बढी मूल्य भने नारायणी विकास बैंकको करिब १० प्रतिशतले घटेको छ । 

आज कारोबार भएका १ सय ७६ कम्पनीमध्ये १ सय १९ कम्पनीको मूल्य बढेको छ । आजको अन्तिम कारोबारका आधारमा बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले

काठमाडौँ, २० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021