काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढ़ेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोला १५ रुपैयाले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।