एनसेल भन्दा नेपाल टेलिकमले बुझायो दोब्बर राजस्व

काठमाडौँ, ४ माघ । कोरोना भाइरस (कोभिड १९) महामारीबीच ठूला करदाताले ३२ अर्ब अग्रिम कर (एडभान्स ट्याक्स) बुझाएका छन् ।

ठूला करदाता कार्यालयका अनुसार अग्रिम करको पहिलो किस्ता तिर्ने अन्तिम दिन पुस २९ गते ३२ अर्ब राजस्व संकलन भएको छ ।

सबैभन्दा धेरै एडभान्स ट्याक्स दिने अनुमान गरिएको एनसेलले ९५ करोड ८० लाख मात्रै कर दाखिला गरेको छ। एनसेलले भन्दा धेरै कर नेपाल टेलिकमले तिरेको छ । टेलिकमले १ अर्ब ८० करोड रुपैयाँ कर दाखिला गरेको हो ।

यस्तै नेपाल आयल निगमले १ अर्ब अग्रिमकर तिरेको छ । निगमको आम्दानीको नाफाबाट सरकारले २ अर्ब १८ करोड समेत प्राप्ति गरेको छ । यसैगरी राष्ट्र बैंकले सरकारलाई २ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि अग्रिम कर वापतको ३१ करोड रुपैयाँ बुझाएको छ । हाल ठूला करदाता कार्यालयमा ६ सय ८१ वटा करदाता समावेश छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021