काठमाडौँ, २ माघ । सानिमा बैंक लिमिटेडले नया शाखा विस्तार गरेको छ ।
बैंकले आज ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै), बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।