ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालद्वारा सपथ ग्रहण

 काठमाडौँ, २९ पौष । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकालले सपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ढकालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मंगलबारसम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको थियो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

बैंकको संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन् भने सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन् ।

बैंकको बार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर हो । बैंकले गत आर्थिक बर्ष कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ गरेको थियो । अब बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई