४१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ, २६ पौष । शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ ।

नेप्से आज ४१ दशमलव २४ अङ्कले बढेर २ हजार २ सय ३५  दशमलव ७२ विन्दुमा पुगेको छ ।

आइतबार जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंक समूहको शेयर ५९ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अङ्कले बढेको छ ।

आइतबार दुई सय सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंककाे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंकलगायत ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।