काठमाडौँ, २४ पौष । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा MASCOT सार्वजनिक गरेको छ ।
बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि आज सरल र शताब्दी नामका दुईवटा MASCOT सार्वजनिक गरेको छ ।
यो सँगै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराइने छ ।
सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने बैंकले विश्वास लिइएको छ । अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।