काठमाडौँ, २३ पुस । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारको शुल्क तोकेको छ ।
एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम प्रयोग रकम झिक्दा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।
तर राष्ट्र बैंकले एक महिनामा बढीमा २ पटकसम्म मात्र रकम झिक्दा भने कुनै शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
त्यस्तै, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सेवाको शुल्क पूर्व जानकरी गरेर लिन सकिने उल्लेख गरिएको छ । त्यस्तै, हराएको युजरनेम वा पासवर्ड रिट्राइभ सेवामार्फत् प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसअघि कोरोना महामारीका कारण राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।