सेयर बजारमा सामान्य करेक्सन

काठमाडौँ, २१ पौष । आज बजार परिसूचक नेप्से ३.५४ अंकले करेक्सन भएर २१६५.४९ अंकमा बन्द भएको छ । 

नेप्सेमा करेक्सन हुँदा ४ अर्ब ५७ करोडको कारोबार भएको छ । मंगलबार २१६७.२९ अंकको विन्दुमा खुलेको बजार परिसूचक २१८२.८७ अंकको उच्चविन्दु र २१४९.०२ अंकको तल्लो विन्दुको बीचमा रहेर कारोबार भएको छ ।

आज विकास बैंक, हाइड्रोपावर र निर्जीवन बिमाबाहेक सबै समूहको सूचकमा करेक्सन भएको छ । व्यापार समूहको सूचक सर्वाधिक ५.८२ प्रतिशत र होटेलको सूचक १.०९ प्रतिशतले ओरालो लाग्दा हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि ०.५६ प्रतिशतले घटेको छ ।

कारोबार रकममा भने बजारको नेतृत्व शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीको ६९ करोडमाथिको कारोबार हुँदा नेपाल लाइफको करिब २६  करोडको कारोबार भएको छ । आज नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नारायणी विकास बैंक र अन्य ५ हाइड्रोपावरसहित ७ कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले भने ६ प्रतिशतमाथिले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला