आज नेप्सेमा सामन्य करेक्सन

काठमाडौँ, २० पौष । आज सेयर बजारमा एकल अंकको सामान्य करेक्सन भएको छ । बजारमा सोमबार सुरुवाती समयमा खरिद चाप उच्च देखिँदा बजार परिसूचक नेप्से सुरुको ६ मिनेटमै ४१ अंकले बढेर २२१६ अंक नाघेको थियो । तर त्यसपछि बजारमा उतारचढाव देखिँदा नेप्से २१४५ अंकसम्म झरेको थियो ।

नेप्सेमा आज सोमबार पनि सुरुवाती उत्साह देखिए पनि नाफा बुक गर्न बिक्री चाप बढ्दै जाँदा नेप्से पनि क्रमश: ओरालो लाग्दै गएर २१५३ अंकसम्म झरेको थियो । तर नेप्सेको अन्तिम केही मिनेट नेप्सेमा करेक्सन हुँदा आजको न्यून विन्दुभन्दा माथि गएर बन्द भएको छ । यस बजारमा खरिदकर्ता पनि सक्रिय रहेको देखाउँछ ।

सोमबार नेप्से ६.३६ अंकको सामान्य करेक्सन हुँदा २१६९.०४ अंकमा बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम केही घटे पनि करिब ६ अर्बको कारोबार भएको छ । एक करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । पुस मसान्तनजिक आउँदै गर्दा संस्थागत लगानीकर्ताले नाफा बुक गर्न खोज्दा पनि बजारमा केही करेक्सन देखिएको स्टक ब्रोकरहरु बताउँछन् ।
 
बजारलाई लिड गर्ने बैंकिङ सूचक सोमबार ०.६८ प्रतिशतले करेक्सन भएको छ । यस्तै जीवन बिमाको सूचक पनि ०.५४ प्रतिशत र उत्पादन समूहको सूचक १.७६ प्रतिशतले करेक्सन हुँदा विकास बैंक, हाइड्रोपावर, फाइनान्स, र निर्जीवन बिमा र अन्य समूहको, सूचक भने हरियो देखिए । अन्य समूहको सूचक ०.५५ प्रतिशतले बढेको छ । नेप्से सँगै ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स, ०.७३ अंकले करेक्सन भएर ४१५.१५ अंकमा बन्द भएको छ । सोमबार नेपाल  पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४६ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल लाइफको ४० करोड ७७ लाख र नेपाल दूरसञ्चार कम्पनीको ३७ करोड  ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९

shankar-pokharel

काठमाडौँ, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको

एजेन्सी, ६ माघ । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । समाचार एजेन्सी

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्