८८ अंकले बढ्यो नेप्से

काठमाडौँ, १९ पौष । सेयर बजारको परिसूचक नेप्से आइतबार अहिलेसम्मकै नयाँ उचाइमा पुगेको छ। ८८ अंकले बढेको बजार २१७५ अंकमा कायम भएको छ। बजार बन्द हुँदा नेप्सेले २१ सय अंक पार गरेको यो पहिलो पटक हो । 

कारोबार खुलेदेखि नै नेप्से उकालो गतिमा लागेको थियो । यस दिन २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । यस दिन बैंकिङ समूहले नै नेप्सेलाई डोहोर्याएको छ। सो समूहको बजार पुँजीकरण उच्च भएकाले बजार तलमाथि हुनुमा ठूलो भूमिका रहन्छ ।

सो समूह ७०.९२ अंकले बढेको छ। त्यस्तै ब्यापार २२१, होटल ३४, विकास बैंक ४६, जलविद्युत ३८, फाइनान्स ७, निर्जीवन बीमा २६८, उत्पादन २६४, अन्य १०३, माइक्रोफाइनान्स ७७ र जीवन बीमा समूह ५५० अंकले बढेका छन् । यस दिन हिमालय डिस्टिलरी, साल्ट ट्रेडिङ, नेपाल पुनर्बीमा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । अर्थात ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै प्राइम कमर्सियल बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ । सो बैंकको घोषित १५ प्रतिशत बोनसका लागि सेयर खरिद गर्नुपर्ने दिन आज अन्तिम थियो । कुमारी बैंकको मूल्य ९.१३ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्सको मूल्य ९.११ प्रतिशतले बढेको छ । 

आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशत मूल्य कमाएका छन् भने नेपाल टेलिकमका लगानीकर्ताले ७ प्रतिशत मूल्य कमाएका छन् । राधी जलविद्युतको मूल्य भने ४.२ प्रतिशतले घटेको छ भने शिवश्री हाइड्रोपावरको मूल्य ३ प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५० करोड ९५ लाख रुपैयाँको कारोबार भयो। मूल्य प्रतिकित्ता १२१ रुपैयाँ बढेर २४१६ रुपैयाँ कायम भएको छ ।त्यस्तै प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४६८ रुपैयाँ कायम भएको छ ।

नेपाल टेलिकमको ४५ करोड रुपैयाँको कारोबार भयो भने मूल्य ९४ रुपैयाँले बढेर १३०२ रुपैयाँ कायम भएको छ । पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँको कारोबार भयो भने मूल्य १३४ रुपैयाँ बढेर प्रतिकित्ता १४७८ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौँ, १४ माघ । काठमाडौँको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सिमकोट, १४ माघ । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका

काठमाडौँ, १४ माघ । काठमाडौँको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा