नेप्से परिसूचक ७ अंकले बढ्यो

काठमाडौँ, ८ पौष । आज बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

परिसूचक ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ ।

समग्रमा नेप्से परिसूचक बढेपनि व्यापार, होटल विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सव–इन्डेक्शहरु घटेर राताम्मे देखिएका छन् । बुधबार बैंकिङ २४ दशमलव २७ अंकले, जीवन बिमा ३९४ दशमलव ०७ र म्युचुअल फण्ड०ं०७ अंकले बढेका छन् ।

कारोबार रकम भने करिब ७ अर्ब नजिक देखिएको छ । दिनभर भएका ५१ हजार ३ सय २ वटा कारोबारबाट २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ८६ करोड२४ लाख ४५ हजार २ सय १५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबार धेरै कमाउनेमा नविल बैंकका लगानीकर्ता पहिलो नम्बरमा देखिएका छन् ।

नविल बैंकले गत आर्थिक वर्षको मूनाफाबाट ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । नविलको लाभांशका कारण पनि लगानीकर्ताहरु यता आकिर्षत देखिएका छन् ।

यसको सेयर मूल्य आजमात्रै ९.९७ प्रतिशत अर्थात १३५ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।