नेप्से परिसूचक ९६.८८ अंकले घट्यो

काठमाडौँ, ५ पौष । आइतबार शेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ ।

आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ ।आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ ।

उच्च गिरावट भए पनि आइतबारको बजारमा यूनाईटेड आइडीआई मार्दी हाइड्रोपावर, माहुल सामुदायिक लघु वित्त, सनराईज फ्रष्ट म्युचल फण्ड, बेष्ट फाइनान्स र हिमालयन डिष्टीलरी लगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरे ।

सूर्योदय, नेरुडे र स्वलम्बन लघुवित्त, छ्याङ्दी र माथिल्लो तामाकोसी हाइड्रोपावरले लगानीकर्ताले भने बजारमा उच्च घाटा ब्याहोरे । सूर्योदय लघुवित्तको शेयरमा आइतबार नकारत्मक सर्किट ब्रेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।